दफा
उत्पादक तथा वितरकले गर्नु नहुने कार्य

(१) उत्पादक वा वितरकले देहाय बमोजिम हुनेगरी कुनै विज्ञापन गर्नु हुँदैन–
(क) कुनै उत्पादनको प्रवद्र्धन हुने गरी,
(ख) शिशिबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्यो भन्दा विशिष्ट छ भन्ने जनाउने गरी वा विश्वास पर्ने गरी ।
(२) यस दफाको प्रयोजनको लागि विज्ञापन भन्नाले देहाय बमोजिम गरिएको सबै विज्ञापनलाई जनाउनेछ –
(क) कुनै प्रकाशनद्वारा वा टेलीभिजन, रेडियो, फिल्म, भिडियो वा टेलिफोनद्वारा,
(ख) सङ्केत, बिलबोर्ड, सूचना वा सामानहरुको प्रदर्शनद्वारा,
(ग) तस्वीर वा प्रतिमाहरुको प्रदर्शनीद्वारा,
(घ) अन्य कुनै तरिकाले ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि स्वास्थ्य व्यवसायीहरुकहाँ मात्र पुग्ने प्रकाशनहरुमा उत्पादनको विज्ञापन गर्न सकिनेछ ।

तर त्यस्तो विज्ञापन तथ्यपूर्ण र वैज्ञानिक कुराहरुमा मात्र सीमित हुनु पर्नेछ र शिशिबाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा त्यो भन्दा विशिष्ट छ भन्ने विश्वास उत्पन्न गर्ने खालको हुनु हुँदैन र त्यस्तो विज्ञापनमा दफा ७ मा उल्लेखित जानकारी समावेश हुनु पर्नेछ ।
(४) उत्पादक वा वितरकले कसैलाई पनि उत्पादनको नमूनाहरु दिन वा वितरण गर्नु हुँदैन ।
(५) उत्पादक वा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकाय भित्र कुनै उत्पादनको प्रवद्र्धन गर्नु हुंदैन ।
(६)यस दफाको प्रयोजनको लागि प्रवद्र्धन भन्नाले देहायको तरीका लगायत कुनै तरीकाले कुनै व्यक्तिलाई उत्पादनको परिचय दिनु वा उत्पादनसित परिचित गराउनु सम्झनु पर्छ ः–
(क) विज्ञापन गरी,
(ख) उत्पादक वा वितरकको नाम वा प्रतीक चिन्ह (लोगो) वा प्रोप्राइटरी उत्पादनको नाम, प्रतीक चिन्ह, ग्राफिक वा अन्य प्रतिरुप भएको किताब, पर्चा वा पोष्टर लगायतका छापिएका वस्तुहरु प्रयोग गरी,
(ग) उत्पादक वा वितरकको नाम वा प्रतीक चिन्ह वा प्रोप्राइटरी उत्पादनको नाम, प्रतीक चिन्ह, ग्राफिक वा अन्य प्रतिरुप भएको कुनै चीज नगण्य वा विना मूल्यमा दिई वा वितरण गरी,
(घ) उत्पादनहरु प्रदर्शन गरी वा
(ङ) अन्य कुनै तरिकाले ।
(७) उत्पादक वा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकाय वा अन्य कुनै संस्था वा संगठनले तोकिएको ढाँचामा अनुदान मागेमा र त्यस्तो मागलाई तोकिए बमोजिम समितिले
स्वीकृत गरेमा बाहेक स्वास्थ्य हेरचाह गर्ने निकाय वा अन्य कुनै संस्था वा संगठनलाई खुद्रा मूल्य
भन्दा कम मूल्यमा उत्पादन उपलब्ध गराउन वा दान गर्न हुँदैन ।
(८) उत्पादक वा वितरकले आफनो व्यापार बढाउन वा त्यस्तो उद्देश्यले स्वास्थ्य हेरचाह गर्ने
निकाय भित्र जनसाधारणसंग सम्पर्क राख्नु हुँदैन ।
(९) उत्पादक वा वितरकले समितिको स्वीकृति नलिई स्वास्थ्य हेरचाह गर्ने निकायलाई
कुनै उपकरण वा वस्तुहरु दान दिनु हुँदैन ।
(१०) उत्पादक वा वितरकले स्वास्थ्य कार्यकर्तालाई कुनै उपहार दिन वा आर्थिक वा अन्य
फाईदा गराउन हुँदैन ।

(११) उत्पादक वा वितरक वा स्वास्थ्य कार्यकर्ताले तोकिएको ढाँचामा अनुरोध गरेमा र त्यस्तो अनुरोधलाई समितिले तोकिए बमोजिम स्वीकृत गरेमा बाहेक स्वास्थ्य कार्यकर्तालाई छात्रवृत्ति वा अनुसन्धान अनुदान दिन वा व्यावसायिक गोष्ठी वा सम्मेलन आयोजना गर्न वा
सम्मेलनमा स्वास्थ्य कार्यकर्ताले भाग लिन चाहिने रकम दिन हुँदैन ।